सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ ।
हुण्डी कारोबारको आशंकामा छापा मारेको सीआईबीले तीन जनालाई नियन्त्रणमा लिएको छ । “हामीले तीनजनालाई नियन्त्रणमा लिएका छौँ, अनुसन्धान भइरहेको छ,” सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले भने ।
यसअघि पनि उक्त होटलमा प्रहरी र राजश्व अनुसन्धान विभागको छुट्टाछुट्टै छापा मार्दै आएका थिए । सुन तस्करी प्रकरणमा हाल पुर्पक्षमा थुनामा रहेका दावाकी श्रीमती अमला रोकाको नाममा उक्त होटल दर्ता रहेको छ ।