ओखलढुंगामा आगोले जलेर आमा छोराको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका १० बेतेनीमा खरबारीमा आगलागी हुँदा आमाछोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको छ ।
बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर (घाँस) जोगाउने क्रममा सुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिष्टार सिंहले जानकारी दिए ।