कञ्चनपुरमा एक बालकको सेप्टिक ट्यांकीमा खसेर मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका वडा नम्बर ३ चित्रपुरका करिब डेढ वर्षीय बालक लिवन रानाको सोमबार मध्याह्न मृत्यु भएको हो ।
उनी सेप्टिक ट्यांकीमा खसेर डुबेका थिए । अचेत अवस्थामा भेटिएका बालकलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो ।
चिकित्सकले बालकको मृत्यु भएको घोषणा गरेको प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिए ।