काठमाडाैं- काठमाडौंको बागबजारमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्तका अनुसार आइतबार राति ९ बजे बागबजारस्थित नानीदेवी महर्जनको घरको पाचौँ तलाको झ्यालबाट खस्दा २ वर्षीया रियासा महर्जनको मृत्यु भएको हो।
गम्भीर घाइते अवस्थामा ट्रमा सेन्टर पुर्याइएकी उनको उपचारका क्रममा राति १२:४० बजे मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













