थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको ज्यान गयो

काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ४९२४ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ३२० संक्रमित कोरोनामुक्त भएका छन् भने थप तीन संक्रमितको मृत्यु भएको छ। नेपालमा हालः सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै थप १ लाख २४ हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार