स्थानीय चुनाव सार्ने षड्यन्त्र भइरहेको छ : सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले स्थानीय तह चुनाव सार्ने षडयन्त्र भइरहेको बताएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले स्थानीय निर्वाचन समयमा नगर्ने योजना अनुसार सत्तारुढ गठबन्धनले अर्लि इलेक्सनको चर्चा गरेको टिप्पणी गरेका छन् ।

नेता नेम्वाङले स्थानीय निर्वाचन भत्काउने, सार्ने र गडबड गर्ने उद्देश्यले अर्लि इलेक्सनको चर्चा भएको हुन सक्ने बताए ।

‘उहाँहरुको सोझो हिडाइ छैन, उहाँहरु स्थानीय तह निर्वाचन भत्काउन लाग्ने, पर पुर्‍याउने निर्वाचन हलमै गडबड गर्ने लगायतका कुरा हुन सक्छन्’ उनले भने ।

संसदले ठीक ढंगले काम नगरेपछि विघटन गर्दा प्रतिगमन भयो भन्ने दलहरुले नै अर्लि इलेक्सनको चर्चा गर्दा शंका बढेको नेम्वाङले बताए । ‘उहाँहरुले अहिले किन यस्तो सोचाइ ल्याइरहनुभएको छ रु’ उनले प्रश्न गरे ।

सम्बन्धित समाचार