जुम्ला– जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन् । १३ हजार ६५ मत गणना हुँदा शाहीले ६ हजार ६ सय ६९ मत प्राप्त गर्दै अग्रता बनाएका छन् ।
यस्तै नेकपा माओवादीकी उम्मेदवार गोमा कुँवरले दुई हजार आठ सय ९० मतसहित शाहीलाई पछ्याइरहेकी छिन । भने एमालेका रतन्नाथ योगीले एक हजार सात सय ९५ मत प्राप्त गरेका छन् ।