दाङ । दाङ क्षेत्र नम्बर १ को प्रतिनिधि सभातर्फ एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले निरन्तर अग्रता कायम राखेका छन् । तर प्रदेश सभा १ मा भने एमाले उम्मेदवार गंगाराम भट्टराईले माओवादी केन्द्रका इन्द्रजित चौधरीलाई टक्कर दिएका छन् ।
दाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. (१) मा सत्ता गठबन्धनको तर्फबाट चौधरी र नेकपा एमालेका भट्टराईबीच एकअर्कालाई पछि पार्ने प्रतिस्पर्धा जारी छ ।
प्रतिनिधि सभातर्फ भने सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीको अग्रता सुरुदेखि नै कायम छ । ५ हजार ७८२ मत गणना हुँदा मेटमणिले २ हजार २४० मत पाएका छन् ।
उनलाई पछ्याइरहेकी नेकपा एमालेकी शान्ता चौधरीले १ हजार ४५९ मत पाएकी छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले १ हजार १ सय ८५ मत प्राप्त गरेका छन् ।