काठमाडौंः काठमाडौं –९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका हुन् ।
श्रेष्ठका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याए । त्यस्तै नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत ल्याइन् । २०७४ सालको निर्वाचनमा एमाले नेता श्रेष्ठले २२ हजार ८ सय ५२ मत ल्याएर निर्वाचित भएका थिए ।