के तपाई आवश्यकता भन्दा धेरै कागतीपानी पिउनु हुन्छ ?, यस्ता छन् जोखिम

काठमाडौं । कतिपय मानिसको विहान उठ्ने वित्तिकै कागतीपानी पिउने बानी हुन्छ । तन्दरुस्त रहन, र शरीरलाई विभिन्न रोगबाट बचाउनका लागि कागती पानी पिउने गरीन्छ । कागती पानि पिउँदा पाचन प्रणाली राम्रो हुन्छ भने छालामा चमक आउछ । साथै वजन कम हुन्छ, शरीर हाइड्रेड हुुन्छ र शरीरलाई भिटामिन सी पनि प्राप्त हुन्छ ।
तर कागती पानी पिउँदा सावधानी अपनाउन चाँही आवश्यक छ । अन्याथा यसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । कागती पानी पिउने बानी राम्रो हो । तर आवश्यकता भन्दाबढी कागती पानीको प्रयोग नोक्सानीपूर्ण हुन जान्छ । यहाँ हामीले आवश्यकता भन्दा बढी कागतीपानी पिउँदा हुने असर र जोखिमको विषयमा चर्चा गरेका छौँ ।

टाउको दुुखाई र माइग्रेनको खतरा
कागतीमा रहेको एमिनो एसिडले दिमागमा रगतको प्रवाह अचानक रुपमा बढाइदिन्छ । जसका कारण अचानक तीव्र टाउको दुखाई र माइग्रेनको खतरा बढ्न जान्छ ।

पेटमा हुनसक्छ समस्या
कागतीको अधिक सेवनले ग्यास्टिक अल्सरको खतरा बढ्न जान्छ । यसबाट लूज मोसन, पेटमा दुखाई जस्ता समस्या हुन्छ । कागतीमा अक्सलेट पाइन्छ । कागतीको अधिक सेवनले यो पेटमा गएर अक्सलेट क्रिस्टलको रुप लिन्छ, जुन अगाडि गएर मिर्गौलाको स्टोन वा गल ब्लाडर स्टोन बन्न सक्छ ।

हड्डी कमजोर हुने जोखिम
कागती अम्लिए स्वभावको हुन्छ । दिनमा कयौँ पटक कागती पानी पिउनाले वा कुनै किसिमबाट कागतीको धेरै प्रयोग गर्नाले हड्डी कमजोर हुन जान्छ ।
डिहाइड्रेशन पनि हुन सक्छ ।

बढी कागतीपानी पिउनाले छिनछिनमा पिसाब लाग्ने समस्या हुनहुन्छ । बारम्बार शौचालय जानुपर्ने र पर्याप्त पानी नपिउनाले शरीरमा पानीको कमी हुनसक्छ ।
कागतीपानीको सही प्रयोग
–बिहानीको सुरुवात कागती पानीबाट गर्नाले यसबाट उर्जा प्राप्त भइरहन्छ ।
–यदि बिहान कागतीको पानी पिइएको छ भने सलादमा यसको प्रयोग गर्नबाट जोगिनुस् ।
– कागतीपानीको प्रभावबाट दाँतलाई जोगाउनु छ भने त्यसै किसिमको भाडो प्रयोग गर्नुस् ।
–विज्ञसँग सोधेर एक दिनमा कति कागतीपानी पिउनुपर्छ भन्ने थाहा पाउनुहोस् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार