चितवन– २ मा रवि एक हजार मतले अगाडि

काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले झन्डै १ हजार मतको अग्रता हासिल गरेका छन् । दिउँसो साढे ४ बजेसम्मको मत गणना अनुसार लामिछानेले ५ हजार १३२ मत पाएका छन् ।

दोस्रो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १८० मत पाएका छन् भने तेस्रो स्थानमा कांग्रेसका उम्मेदवारले ३ हजार ७०६ मत पाएका छन् ।