तेह्रथुममा एमालेको अग्रता

काठमाडौं । तेह्रथुममा नेकपा एमालेले अग्रता लिएको छ ।मंगलबार साँझ १००३ मत गणना गर्दा नेकपा एमालेका विजय सुब्बाले ५६० मतसहित अग्रता लिएका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङले ३९६ मत पाएकी छन् । यो क्षेत्रबाट यसअघि नेकपा एमालेबाट भवानी खापुङ निर्वाचित भएका थिए । यसपटक सत्ता गठबन्धनले कांग्रेस उम्मेदवार गुरुङलाई समर्थन गरेको थियो ।