बागलुङको क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार डा. सूर्य पाठकको अग्रता लिएका छन् । पाठकले ६५७७ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष एंव गठबन्धनका साझा उम्मेदवार चित्र बहादुर केसीले ६५२० मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल ३६७९ मतसहित तेस्रो स्थानमा रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति बागलुङमा मतगणना जारी छ ।