एकीकृत समाजवादीले अछाम-१ बाट पहिलोपटक खाता खोलेको छ ।निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत अछाम क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार शेरबहादुर कुँवरले १९ हजार ५३४ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार झपटबहादुर बोहरा १५ हजार ४५ मत ल्याएका छन् ।बोहरालाई कुँवरले ४ हजार ४८९ मतान्तरले पराजित गरेका हुन् ।