प्रतिनिधिसभाको समानुपातिकतर्फ माओवादीले कटायो एक लाख मत

काठमाडौँ – माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ भर्खरै १ लाख मत कटाएको छ।निर्वाचन आयोगले केही बेर अघि सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि सभातर्फ अहिलेसम्म माओवादी केन्द्रले १ लाख ३६४ मत प्राप्त गरेको छ।

प्रत्यक्ष तर्फ मतगणना चलिरहेका १७ क्षेत्रमा अग्रता कायम राखे पनि माओवादी केन्द्रले अहिलेसम्म एक सीट पनि जित्न सकेको छैन।

पहिलोपटक निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले ३ क्षेत्रमा जीत दर्ता गरेको छ भने समानुपातिकमा पनि माओवादीले भन्दा धेरै मत प्राप्त गरेको छ।

समानुपातिक मतमा एमाले सबैभन्दा अगाडि छ। दोस्रोमा कांग्रेस र तेस्रो स्थानमा रास्वपाछ।