काठमाडौँ – प्रतिनिधिसभा अन्तरगतको निर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता सुवास नेम्वाङले आफ्नो अग्रता फराकिलो बनाएका छन् ।
नेम्वाङले ९ हजार २१८ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ८ हजार २५ मत ल्याएका छन् । हालसम्म २१ हजार ३ मत गणना भएको छ । यसमध्ये १ हजार ९४ मत बदर भएको छ ।