चितवन– चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा रवि लामिछानेले अग्रता दोब्बर बनाएको छन् । पछिल्लो मतपरिणाम अनुसार रवि लामिछानेले २२ हजार एक सय एक मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले नौ हजार चार सय १२ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसका उमेश श्रेष्ठले १२ हजार ६ सय ९० मत प्राप्त गरेका छन् ।