हेटौंडा – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ मा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य ७ जना घाइते भएका छन्।
वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज ४४६६ नम्वरको सुमो दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको हो। अन्य ७ जना घाइते भएका छन्। सुमोमा सवार १० जनामध्ये ७ जना घाइते भएको मकवानपुरको प्रहरी प्रमुख एसपी बामदेव गौत्तमले जानकारी दिए। अन्य २ जना सकुशल रहेका छन्।
प्रहरी मतगणनास्थलमा रहेकोले स्थानीयहरुले घाइतेहरुको उद्वार गरिरहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। फाखेल चौकी इन्चार्ज कुलचन्द्र झाको अनुसार दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलिसकेको छैन। सुमो भीरबाट तल खसेको जनाइएको छ।