अर्घाखाँचीमा मतपेटिका खोल्दा मतदाताको भावुक पत्र भेटियो (पत्रसहित)

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा रहेको सभा गृहमा प्रतिनिधि सभातर्फ प्रत्यक्ष मतपत्रको पेटिकामा एक पत्र भेटिएको छ । मतपेटिकाबाट मतपत्र खसाल्ने क्रममा एउटा मतपत्रभित्र पत्र भेटिएको जिल्ला निर्वाचन अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

पत्रमा लेखिएको छ, ‘पटक–पटक परीक्षण भएका नेतालाई कति भोट हालम् । त्यसैले यो पटक कसैलाई भोट नदिने निर्णय गरेँ । कुनै उम्मेदवारमा पनि राजनीतिक संस्कार पाइनँ । स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनावमा पटक–पटक जितेका जनप्रतिनिधिबाट आजसम्म अर्घाखाँचीको विकासमा कसैको ध्यान पुग्न सकेन । अब ४र५ वर्षपछि हुने स्थानीय चुनावमा सन्धिखर्क नगरपालिकाको मेयर पदमा उम्मेदवार दिएर विजयी भएर कसरी हो काम गर्ने भन्ने उदाहरण देखाउनेछु । अनि म बाट सिक्नेछन् प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारले ।’