बारा-४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित

प्रतिनिधिसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा समाजवादीका कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् । सत्तारुढ गठबन्धनको उम्मेदवार उनले २९ हजार ५०५ मतसहित जित हासिल गरेका हुन् ।

श्रेष्ठले एमाले(जसपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका एकवाल मियालाई करिब १० हजार मतान्तरले पराजित गरे । एकवालले १९ हजार ४३९ मत पाए ।