कालीकोट प्रदेशसभा (१) मा माओवादीका रावत निर्वाचित

कालीकोट प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी भएका छन्। रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का कुर्मराज शाहीसँग एक हजार ५९ मतान्तरले विजयी भएका हुन्।

रावतले नौ हजार ११ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुर्मराज शाहीले सात हजार नौ सय ५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ।

प्रदेशसभा (१) मा ३५ हजार तीन सय ५१ मतदातामध्ये १९ हजार नौ सय ३१ मत खसेको जिल्ला मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए।