अब गठबन्धनले सरकार बनाउन फोहोरी खेल सुरु गर्छ : केपी ओली

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मतपरिणामले अब फोहोरी खेल सुरु हुने बताएका छन्। झापा क्षेत्र नं ५ बाट निर्वाचित भएका अध्यक्ष ओलीले प्रमाणपत्र ग्राहण गर्दै निर्वाचनको मत परिणामले कसैको एकल सरकार नबन्ने बताए।

उनले मिलीजुली सरकार बनाउनुको विकल्प नरहेको भन्दै अब फोहोरी खेलसमेत सुरु हुने बताए। ‘निर्वाचनको परिणामले कुनै पार्टीको बहुमत सरकार बन्दैन। मिलीजुली सरकार बन्छ। मिलीजुली सरकार बनाउँदा सुरुबाटै योग्य मान्छे दिनसक्ने स्थीति हुँदैन। बहुमत पुर्‍याउनका लागि अब फोहोरी खेल सुरु हुन्छ’ उनले भने।

उनले निर्वाचनलाई गम्भीर निर्णय गर्ने उत्सवको रुपमा लिन आग्रह गरे। उनले यस निर्वाचनमा युवाहरुको उत्साह देखिएको बताए।

उनले शानित्पूर्ण ढंगले निर्वाचन सम्पन्न गराएकोमा झापाका निर्वाचन अधिकृत, सरकारी कर्मचारी र सुरक्षाकर्मीलाई धन्यवाद दिएका थिए।