समानुपातिकतर्फ एमालेले कटायो १० लाख मत, रास्वपा तेस्रो स्थानमा

काठमाडौं – समानुपातिक तर्फ नेकपा एमालेले १० लाख मत कटाएको छ। निर्वाचन आयोगमा प्रविष्ट पछिल्लो परिणाम अनुसार एमालेले १० लाख ४ हजार १ सय ६३ मत पाएको छ।

दोस्रो स्थानमा रहेको कांग्रेसको ९ लाख ६६ हजार ९ सय ८९ मत छ। चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार १ सय ८० मत पाएको छ। माओवादी चौथो स्थानमा छ। उसको ४ लाख ४२ हजार ३८ मत छ। पाँचौ स्थानमा रहेको राप्रपाको २ लाख ५५ हजार ५६ मत आएको छ।

जनता समाजवादी पार्टीको १ लाख २७ हजार मत छ। नेकपा एकीकृत समाजवादी पार्टी सीके राउतको जनमत पार्टी भन्दा पछाडी छ उसको ७१ हजार २ सय १४ मत छ भने जनमतको ७५ हजार मत आएको छ।