कास्की – कास्की–१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन्। नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ५ सय १९ मतले पछि पार्दै उनी विजयी भएका हुन्।
एमालेका गुरुङले २५ हजार ७ सय ८ मत प्राप्त गरे भने बरालले २३ हजार १ सय ८९ मत पाए। मनबहादुर यस अगाडि गण्डकी प्रदेश सभा सदस्य थिए।