बाँके १ मा खेलकुद मन्त्री पराजित, एमालेका ढकाल विजयी

काठमाडौं – बाँके क्षेत्र नम्बर १ मा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल विजयी भएका छन्। एमालेका ढकालले युवा तथा खेलकुदमन्त्री तथा माओवादी केन्द्रका उम्मेदवार महेश्वरजंग गहतराजलाई पाँच हजार ३९४ मतान्तरले पराजित गरेका हुन्।

ढकालले २५ हजार २६ मत प्राप्त गरे। गहतराजले १९ हजार ६३२ मत ल्याए।यस्तै, नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार ४६५ र राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।