नुवाकोटको दुवै क्षेत्रमा मतगणना जारी

काठमाडौँ – नुवाकोटको क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ अघि छन्। उनले अहिलेसम्म २० हजार चार सय १ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार बद्री मैनाली ११ हजार सात सय ४७ मतसहित पछि छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधुम्नमहत क्षेत्रीले ५ हजार ८ सय ४४ र राप्रपाका सुदर्शन सिटौलाले १४२७ मत ल्याएका छन्।

नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी अगाडि छन्। केसी २१ हजार ६ सय २६ मतसहित अघि हुँदा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा १२ हजार ८ सय ६७ मतसहित केसीलाई पछ्याइरहेका छन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनबिक्रम पाण्डे ११ हजार ९ सय ३८ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार झनक प्याकुरेलले १२ सय ९९ मत ल्याएका छन्।