थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको ज्यान गयो

काठमाडौं । नेपालमा थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय ३८ पिसिआर परिक्षणका क्रममा ७४ जना र २ हजार ७ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय ४८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५९ हजार ८ सय १७ जना निको भएको छ । हाल नेपालमा ५ हजार ८ सय ७५ सक्रिय संक्रमित आइशोलेशन र १ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार