दाङ — नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले मुलुकलाई राजनीतिक स्थायित्वमा लैजाने प्रयास असफल भएको प्रतिक्रिया दिएका छन् । शुक्रबार बिहान दाङको घोराहीमा पत्रकार सम्मेलन गरेर पोख्रेलले निर्वाचनको समग्र समीक्षा आफ्नो पराजयलाई मुलुकको राजनीति र पार्टी थप सुदृढ बनाउने अवसरका रूपमा लिएको बताए । अब आफ्नो ध्यान स्थिर राजनीतितर्फ केन्द्रीत हुने उनको भनाइ थियो ।
मतदातालाई धन्यवाद दिने क्रममा पोख्रेलले निर्वाचन नतिजाले देशमा थप अस्थिरताको संकेत गरेको बताए ।
अब सरकार एजेण्डामा आधारित भएर निर्माण हुनुपर्ने धारणा पनि पोख्रेलले राखे । मुलुकको समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक परेको उनको भनाइ थियो । धेरै राजनीतिक दलभन्दा एउटा बलियो शक्ति जरूरी भएको र आफू अब त्यसतर्फ क्रियाशील हुने योजना उनले सुनाए ।














