नेपालमा ६२ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप

काठमाडौं । नेपालमा ६२ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको अद्यावधिक विवरणअनुसार देशभरि १ करोड ८१ लाख ५१ हजार ३६५ नागरिकले पूर्ण खोप लगाएका छन्। अब १ करोड १० लाख ४१ हजार ११५ नागरिकलाई पूर्ण मात्रा खोप लगाउन बाँकी छ

त्यस्तै २ करोड १७ लाख ३ हजार ४८९ अर्थात् ७४।३ प्रतिशत नागरिकले कम्तिमा एक मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभरि अहिलेसम्म ३ करोड ८१ लाख ९८ हजार ४२० मात्रा खोप लगाइएको छ। जसअन्तर्गत् १ करोड ८५ लाख ६४ हजार २३३ जनाले एक मात्रा, एक करोड ८१ लाख ५१ हजार ३६५ जनालाई पूर्ण मात्रा खोप लगाइएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १४ लाख ७६ हजार ८२२ मात्रा अतिरिक्त खोप लगाइएको छ।

मंगलबारमात्रै २ लाख ३ हजार ६२५ मात्रा खोप लगाइएको छ। अहिलेसम्म ४ करोड ७८ लाख ८२ हजार आठ सय मात्रा खोप नेपाललाई प्राप्त भएको छ। जसमध्ये ३ करोड ८१ लाख ९८ हजार ४२० मात्रा खोप लगाइएको छ। यसरी हेर्दा ९६ लाख ८४ हजार ३८० मात्रा खोप मौज्दातकारुपमा रहेको देखिन्छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार