सुन्दर र जवान कसरी देखिने ? यस्ता छन् उपाय

प्राय जसो सबै मानिसको स्वाभाव हुन्छ, अरु भन्दा राम्रो देखिने, तन्दुरुस्त देखिने, उत्कृष्ट देखिने । तर जति उमेर बढ्दै जान्छ, जति तनावले घेर्छ, जति रोगले च्याप्छ उत्तिनै हाम्रो सौन्दर्य पनि फिका हुँदै जान्छ । हुन त सौन्दर्य उमेर अनुसार फरक फरक हुन्छ । ८० बर्षिय पाको व्यक्ति पनि सुन्दर र आकर्षक देखिन सक्छ । त्यसैले यो उमेर भन्दा पनि खानपान, आनीबानी र पहिरन शैलीमा निर्भर गर्ने कुरा हो ।

यदि सधै सुन्दर, जवान र उर्जावान रहने हो भने योगलाई जीवनशैलीको एउटा हिस्सा बनाउनुपर्छ ।
सधै सुन्दर र जवान देखिनका लागि पहिलो सर्त हो, स्वास्थ्य जीवन । शारीरिक रुपमा स्वास्थ्य र तन्दुरुस्त भइयो भने त्यसको प्रभाव अनुहार, छाला, केस सबैमा देखिन्छ । यसका लागि नियमित व्यायम, सन्तुलित खानपान जस्ता कुरालाई आत्मसात गर्नुपर्छ ।

सुन्दर रहने सुत्र

१) सन्तुलित र स्वास्थ्य खानपान, सरसफाई

२) नियमित योग, व्यायम

३) प्राकृतिक सौन्दर्य प्रसाधनको प्रयोग

 

जीवनशैली बदलौ

१) सुन्दर देखिनका लागि मेकअपमा मात्र जोड दिनु हुदैन, जीवनशैलीमै परीवर्तन गर्नुपर्छ ।

२) पर्याप्त निदाउनु पर्छ, यसले केवल हर्मोन मात्र सन्तुलित रहदैन, प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ ।

३) मेकअप र कसरत भन्दा सुन्दरताको लागि आत्माविश्वास आवश्यक हुन्छ ।

४) रिस, आवेग, क्रोधले सौन्दर्यमा ह्रास आउँछ । त्यसैले सधै खुसी देखिने अभ्यास गर्नुपर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार