उदयपुर । प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाका मतपत्र भेटिएपछि उदयपुर १ को मतगणना रोकिएको छ । गणनाको क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
६३ हजार ८० मत गणना भैइसकेपछि थप गणनाको लागि १० वटा मतपेटिका खोल्दा प्रदेशसभाको मतपेटिका भेटिएपछि दलहरुले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् ।
कुल ७६ हजार ७५६ मत खसे उदयपुर १ मा ६३ हजार ८० मत गणना भैइसकेको छ । गणना भैइसकेकोमा काग्रेसका डाक्टर नारायण खडकाले १ हजार ८२५ मतले अग्रता लिएका छ्न् ।














