मधेस प्रदेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र बाहिरिएका छन्। आइतबार एमाले र माओवादीका का मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । एमालेबाट राजीनामा दिनेहरुमा सरोज कुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोद कुमार जयसवाल, केशव राय र शारदा थापा रहेका छन् ।
राय र थापा राज्यमन्त्री हुन् भने अरु चार जना मन्त्री हुन् । त्यस्तै माओवादीका मन्त्रीद्वय भरत साह र युवराज भट्टराई (समीर) ले राजीनामा पत्र बुझाएका छन् । उनीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका छन्।
उनीहरू सबैले आइतबार मुख्यमन्त्रीसमक्ष राजीनामा दिएका हुन् । योसँगै मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ
। ४ वैशाखमा विश्वासको मत लिएका यादवलाई ६१ जना सांसदले विश्वासको मत दिएका थिए । मधेसमा एमालेको २४ सिट र माओवादी ९ सिट छ । अर्थात् यो २ वटै दलको ३३ जना प्रदेश सांसद सरकारबाट समर्थन फिर्ता लिएका छन्। यद्यपि, सरकार चलाउन ५४ जना प्रदेश सांसदको समर्थन चाहिन्छ । त्यसकारण यी दुई वटै दल समर्थन फिर्ता लिँदा अंकगणितीय कारणले सरकार अल्पमतमा पर्न गएको हो ।