मिर्गौला कसरी स्वस्थ राख्ने ?

यस्ता छन् उपाय

काठमाडौं । मानव शरीरको जटिल र महत्वपूर्ण अंग हो, मृगौला । मृगौलाले शरीरलाई स्वस्थ राख्न आवश्यक विभिन्न कार्य गर्ने गर्छन् । जस्तैः विषाक्त पदार्थ र अनावश्यक पानीलाई बाहिर फ्याँक्ने, रक्तचापलाई नियन्त्रणमा राख्ने, रातो रक्तकोषिका बन्न मद्दत गर्ने तथा हड्डीहरूलाई स्वस्थ राख्ने ।

शरीरमा रहेको लवण र खनिज तत्त्वहरू सन्तुलनमा राख्ने तथा अम्ल र क्षारको मात्रा मिलाउन समेत मृगौलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले मृगौला स्वस्थ राख्न जरुरी छ । मिर्गौलासम्बन्धी दीर्घकालन समस्या भएका धेरैजसो बिरामी चौथो वा पाँचौं अवस्थापछि मात्र चिकित्सककहाँ पुग्ने गरेका छन् । मिर्गौला बिग्रिसकेको अवस्थालाई दीर्घकालीन मिर्गौला रोग भन्ने गरिन्छ ।

मिर्गौलाले मानिसको शरीरमा रहेको फोहोर र अतिरिक्त तरल पदार्थबाट पिसाबका रूपमा हटाउने गर्छ । मिर्गौलासम्बन्धी रोगका पाँच वटा अवस्था हुन्छन् । यस अवस्थाको आकलन चिकित्सकले मिर्गौलामा भएको क्षति र ग्लोमेरुलर फिल्टरेसन रेट ९जीएफआर० को सफा गर्ने दरमा आधारित भएर पहिचान गरिएको हुन्छ । रगतलाई छान्ने मिर्गौलामा भएको विशेष प्रकारको कोशिकाको गुच्छा (समूह) ग्लोमेरुल हो ।

मृगौला रोग अघोषित मृत्युको कारण हो । यसले जीवनस्तरलाई नराम्ररी प्रभावित गर्छ ।

मृगौला फेल भएका ५ लक्षणः

१.धेरै पिसाब आउनु, पिसाब फेर्न समस्या हुनु, पोल्ने, फिँजयुक्त पिसाब र पिसाबमा रगत देखिनु ।
२. सुन्निने
३.छाला रोग । रगतमा यूरियाको स्तर बढ्दा छाला रोग, मुख गन्हाउने, बान्ता होला जस्तो अनुभव हुनेजस्ता समस्या निम्तिन सक्छ ।
४.जोर्नी दुख्नु । शरिरमा टक्सिन बढ्दा हड्डी र जोर्नीमा दुखाई हुन सक्छ । थकान र कमजोरी पनि हुन सक्छ ।
५. कमजोर महशुस हुनु ।

मृगौला बचाउने ७ उपायः

१. आफूलाई फिट र सक्रिय राखौं ।
२ं. मघुमेहलाई नियन्त्रणमा राखौं । मधुमेह रोगीहरुले नियमित मृगौलाको परीक्षण गरौँ ।

३. उच्च रक्तचापको नियमित परीक्षण गरौँ ।
४. स्वस्थ खाना सेवन गरौँ शरीरको तौल नियन्त्रणमा राखौँ ।
५. प्रशस्त मात्रामा पानी पिऔं । (करिब १.५ लिटरदेखि २ लिटरसम्म)
६. धूमपान नगरौं । यसले मृगौलाको क्यान्सर हुने सम्भावना ५० प्रतिशतले बढाउँछ ।
७. औषधिको जथाभावी सेवन नगरौं ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार