आज (मंगलबार) बिहानै काठमाडौँको सुकेधारामा एउटा शव भेटिएको छ। महाराजगन्ज प्रहरी वृत्तका अनुसार सुकेधारास्थित नालीमा पुरुषको शव भेटिएको हो। ‘हामीलाई बिहान साढे ७ बजे सूचना आयो’, वृत्तका एक प्रहरीले भने, ‘को हो, उमेर कति भन्ने केही खुलेको छैन, नालीमा घोप्टो अवस्थामा शव भेटिएको छ, प्रहरीले अनुसन्धान गर्दै छ।’
काठमाडौँको सुकेधारामा शव भेटियो

