सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कन्ट्री रेटिङ गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष कन्ट्री रेटिङ गर्ने सरकारको घोषणा सार्वजनिक गरेका हुन् ।
भर्खरै सम्पन्न भएको लगानी सम्मेलन अघि सरकारले कन्ट्री रेटिङ गर्ने जनाएको थियो । तर समयमा हुन सकेन । करिब ४ वर्षदेखि कन्ट्री रेटिङको काम भइरहेको बताइए पनि हालसम्म सम्पन्न भएको छैन ।