एमाले अध्यक्ष ओली र देव गुरुङबीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेतवार्ता भएको छ । मंगलबार साँझ ओलीलाई भेट्न महासचिव गुरुङ बालकोट पुगेका थिए ।

वामपन्थी सरकार गठनको विषयमा चर्चा चलिरहेको बेला उनीहरु बिच भेटवार्ता भएको हो । अध्यक्ष ओली प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि बधाई दिनमात्रै गएको महासचिव गुरुङले बताए ।

भेटवार्तामा पछिल्लो राजनीतिक घटनात्रम र सरकार निमार्णको विषयमा समेत सामान्य कुराकानी भएको बताइएको छ ।