बिहुँकोट धार्मिक महोत्सव सम्पन्न, दुई करोड २५ लाख संकलन

बागलुङ – काठेखोला गाउँपालिका वडा नं ५ मा अवस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा बिहुँकोट धार्मिक महोत्सव सम्पन्न भएको छ । बिहुँकोट अन्तराष्ट्रिय समाज एवं त्रिपुरेश्वर महादेव मन्दिर बिहुँरामकोटको संयुक्त आयोजनामा महोत्सव सञ्चालन भएको थियो ।

२३ बर्षअघि स्थारन्तरित परमान्नद गुरुकुललाई पुन संचालन गर्ने उदेश्यले धार्मिक महोत्सव सञ्चालन गरिएको परिकल्पनाकार तथा समाजका संयोजक देविलाल सुवेदीले जानकारी दिए। सुवेदीले भने ‘तीन करोड संकलन गर्ने लक्ष्य थियो । तर वर्तमान परिवेशमा आर्थिक मंन्धि र कोराना कारण हरेक क्षेत्र ठप्प रहेको बेला पनि लक्ष्य नजिक पुग्यौं । यो अवस्थामा पनि यतिका रकम संकलन गर्न सक्नु ठूलो उपलब्धि हो ।’

त्रिपुरेश्वर महादेव मन्दिरलाई गुरुकुल मात्र नभई धार्मिक पर्यटकीय क्षेत्र रुपमा विकास गर्न सकिन्छ । संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न सके धार्मिक पर्यटनको हव बन्ने सम्भावन रहेको संयोजक गौरीशंकर सवेदीले जानकारी दिए ।

महोत्सव २०७९ मंसिर २२गते देखि २८ संचालन भएको हो। सो अवसर मा बिहुँ धोडाबाधे रहेको श्रीमेहर गणले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा फिल्ड एम्बुलेन्ससहित डाक्टरहरुका टिमले बालबालिका,महिला,पुरुष गरि आठ सय बिरामीहरुको उपचार गरेको वडा अध्यक्ष ज्ञामनाथ कंडेलले बताए ।

यस्तै समापन समारोहमा बोल्दै सन्त समाज केन्द्रिय अध्यक्ष यसै रामकोट धाम का प्रधान संरक्षक तथा हरिहर सन्यास आश्रम देवघाट तनहॅुका पिठाधिस श्री १००८ज्ञानन्द स्वामि ले बर्तमान परिवेश हिन्दु धर्म प्रति सबै को बितृष्णा पैदा भएकाले देश लाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने जोड दिए ।

उक्त धार्मिक महोत्सव विश्व शान्ति का लागि घृतधाराद्वारा ७ दिन लक्षहवन ,महारुध्राभिषेक,बैदिकबिधि द्वारा पाठपारायण ,पन्चे बाजा प्रर्दशनि,कृषि प्रर्दशनि ,राष्ट्रिय लोक ,बिद्वत संमेलन भजन प्रतियोगिता,देवलिला ,सन्त स्ममेलन लगाएत बिबिध सॅास्कृतिक झाकिहरु प्रदर्शन गरिएको थियो ।

उक्त कार्यक्रममा जापान ,अमेरिका ,क्यानाडा,फ्रान्स ,लण्डन,लगाएत अन्य देश गएका बिहॅुकोटेहरु ले बिहॅुकोट अन्तराष्ट्रिय समाज को पहल अभियान संचालन गरेको बिदेश आर्थिक संकल समितिका संयोजक ऋृषिराम कंडेल ले बताए। महासचिव हरि प्रसाद कंडेलले सञ्चालन गरेको कार्यक्रम संयोजक देविलाल सुबेदीको अध्यक्षतामा सम्पन्न भएको छ।