निजी जग्गामा राखेका गाडी महानगरले उठाएको भन्दै विरोधमा उत्रिए चालक

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले निजी जग्गामा राखेका गाडी उठाएपछि अनानगर क्षेत्रमा तनाव सिर्जना भएको छ ।

आज आइतवार महानगरपालिकाले काठमाण्डौको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका गाडी उठाएको हो । निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे गाडी महानगर प्रहरीले उठाएपछि अहिले अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ ।

महानगरपालिकाले ज्यादती गरेको भन्दै अहिले गाडी चालक विरोधमा उत्रिएका छन् । महानगरपालिकाले एक पटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आफूहरूमाथि ज्यादती गरेको उनीहरूको भनाइ छ ।