काठमाडौँ – नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते हुने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले पुस ७ गते १ बजे सपथको समय तोकिएको जानकारी दिए ।
संसदको ज्येष्ठ सदस्यले २७४ सांसदहरुलाई सपथ गराउनेगरी तयारी भएको संसद सचिवालयले जनाएको छ । सांसदहरुको सपथ हालको संसद भवन रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गराइनेछ । तर, जेष्ठ सदस्य को भन्ने टुंगो लागिनसकेको सचिव योगीले जानकारी दिए ।