काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने विषयमा छलफल जारी रहेको बताएका छन् ।
आज संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका लामिछानेले निर्वाचन आयोगको जलपान कार्यक्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले सरकारको विषयमा पार्टीले ढोका बन्द नगरेको बताए हुन् । उनले आफ्नो पार्टी अनिर्णयको बन्दी बनेर नबस्ने स्पष्ट पारे ।
उनले सरकारमा जानु मात्रै ठूलो कुरा नभएको भन्दै कस्को नेतृत्वमा कस्ता एजेन्डाहरु लिएर जाने कुरा महत्वपूर्ण हुने बताए । लामिछानेले भने, ‘हामी सरकारमा नजाँदा बहुमतै नपुग्ने स्थिति त छैन । तर, केही सहज बनाउला । केका लागि सरकारमा जाने भन्ने स्पष्ट हुनुपर्छ । अहिले हामी स्थितिलाई नियालिरहेका छौं ।’