गरिमा विकास बैंकले ल्यायो वैदेशिक रोजगार आईपिओ खाता

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहने नेपालीहरुलाई बैकिङ एवं शेयर मार्केट सम्म पहुँच पु-याउने उद्धेश्यले वैदेशिक रोजगार आईपिओ खाताको सुरुवात गरेको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनानुसार प्राथमिक शेयर निष्कासन (आईपिओ) जारी गर्ने संस्थाले १०% शेयर वैदेशिक रोजगारमा रहने नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था अनुसार त्यसलाई आवश्यक पर्ने सिआस्बा सुविधा दिनका लागि यस विकास बैंकले विशेषतः यो खाता संचालनमा ल्याएको हो ।

वैदेशिक रोजगारमा रहेका नेपालीहरुले सजिलै यस विकास बैंकको आधिकारीक वेबसाईटमा उपलब्ध अनलाईन खाता खोल्न मिल्ने सुविधामार्फत यो खाता खोली डिम्याट, सिआस्बा र मेरो शेयरको सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, बैंकमा पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकहरुले पनि सजिलै यो खाता खोल्न मिल्ने व्यवस्था मिलाईएको छ ।

हाल, यस विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५१ एटिएम एवं विभिन्न डिजिटल बैकिङ सुविधाहरु जस्तै ः डिजी बटुवा, डेविट÷क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ र अनलाईन खाता मार्फत सरल, सुरक्षीत तथा गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

Share