चुनावमा क्लिनस्वीप जित निकाल्ने एमालेका जिल्ला अध्यक्ष सम्मानित

काठमाडौं । नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा क्लिन स्वीप गर्न सफल हुने जिल्लाका अध्यक्षहरूलाई सम्मानित गरेको छ ।

७७ जिल्लामध्ये एमालेले अर्घाखाँची,धनकुटा र पर्वतमा क्लिन स्वीप गरेको थियो । पुस ५ गतेको अवसर पारेर एमालेले आयोजना गरेको विशेष कार्यक्रममा अध्यक्ष ओलीले तीन वटै जिल्ला अध्यक्षलाई सम्मान गरे ।

कार्यक्रममा अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल,पर्वतका राजु पौडेल र धनकुटाका इन्द्रमणी पराजुली सम्मानित भएका छन् ।

साथै संसदीय इतिहासमै पहिलो पटक चुनावी जित निकाल्न सफल भएको सोलुखुम्बु जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलालाई पनि सम्मानित गरिएको थियो ।