थप ५८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि, मृत्यु शून्य

काठमाडौं । देशभर थप ५८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ४१८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५० तथा एन्टिजेन विधिबाट ८ जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १४८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ६१ हजार २१८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८।३ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ८१९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार