गगनलाई आफ्नै पक्षका सांसदले पनि हालेनन् भोट

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापा पराजित भएका छन् । उनी पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका हुन् ।

तर बुधबार बिहान भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगनले २५ मत मात्र प्राप्त गरे । गगनलाई उनकै समूहका नेताले पनि भोट नहालेको पाइएको छ ।

संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो ।

Share