काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्धाको आज सुनुवाइ भएको छ । रविसँगै निर्वाचनमा भएका विवादहरुलाई सर्वोच्चको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेको हो ।
चुनावमा धाँधली भएको, मतगणनामा दोहोर्याउनुपर्ने लगायतमा माग गर्दै चुनावी परिणाममा असन्तुष्ट नेताहरुले सर्वोच्चमा निवेदन दिएका थिए । भने रविको नागरिकता विवाद टुंगो नलागेसम्म सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । मुद्दाको किनारा नलाग्दासम्म लामिछानेलाई प्रतिनिधिसभा प्रवेशमा पनि रोक लगाउन रिटमा माग गरिएको छ ।
दोहोर्याई मतगणना माग गर्नेमा रविदत्त मिश्र, उमाशंकर अरगरिया, गणेश पौडेल, विदेश्वर यादव, सुकेश्वर यादव, कालीप्रसाद शाक्य, सुरेन्द्रप्रसाद चौधरी र महेन्द्र यादव छन् । पुनः निर्वाचनको माग गर्नेमा झलनाथ खनाल बलदेव रेग्मी कर्णबहादुर थापा र लालबहादुर थापा छन् । यसमध्ये केही मुद्दाहरूमा सुनुवाइ भइसकेको छ भने केहीको सुनुवाइ जारी छ ।















