बिहेमा नाच्ने विषयमा झगडा हुँदा एक जनाको मृत्यु

पर्सा – पर्सामा बिहेको पार्टीमा झगडा हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार राति भएको झगडामा पर्साको जिराभवानी गाउँपालिका- ४ का ३६ वर्षीय सैमुल्लाह राउतको ज्यान गएको हो ।

त्यही ठाउँका २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झै(झगडा हुँदा कुटपिट भएर सैमुल्लाहको ज्यान गएको प्रहरीले जनाएको छ । साबिर राउत गद्दीको विवाहमा सैमुल्लाह राउत गद्दी पनि गएको र विवाहमा नाचगान गर्ने व्यक्तिलाई सैमुल्लाहले नाच्न नदिएको विवादमा झगडा भएको थियो ।

झगडा हुँदा जाजुल राउत गद्दीसमेतको टिमले सैमल्लाहलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।