झलनाथ खनाल र प्रमु शाहबीच भेटवार्ता

काठमाडौं– पूर्व प्रधानमन्त्री झलनाथ खनाल र रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु शाहबीच भेटघाट भएको छ ।

खनाल र शाहबीच बुधबार खनाल निवास डल्लुमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।

नेकपा एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिई प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाहले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । यसअघि उनले राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटघाट गरिसकेका छन् ।