काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्ने बताएका छन् । सपथपछि संसद भवनमा पत्रकारलाई प्रतिक्रया दिँदै लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाए आफूहरु प्रतिपक्षमा बस्ने बताएका हुन् ।
उनले स्थिरताका लागि दुई ठूला पार्टी मिलेर पाँच वर्ष सरकार चलाउनु पर्ने बताए । ‘मुलुकका दुई ठूला पार्टी कांग्रेस र एमाले मिलेर सरकार बनाए हुन्थ्यो । त्यो देशको हितमा छ । हामी प्रतिपक्षमा बस्छौँ ।