काठमाडौँ – नेकपा एमालेले अबको प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई सहयोग गर्ने संकेत गरेको छ । एमाले निकट उच्च स्रोतका अनुसार पार्टी अध्यक्ष ओली स्वयम्ले नै सरकार गठनका लागि प्रचण्डलाई तयार रहन आग्रह गरेका छन् ।
ओली र प्रचण्डबीच बुधवार शितल निवास र बिहिबार संसद भवनमा कुराकानी भएको थियो । उक्त भेटघाटको फोटो दुवैको सचिवालय ले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । यस्तै एमाले र माओवादीका दोस्रो तहका नेताहरुबीच पनि निरन्तर संवाद भइरहेको बताइएको छ । यसरी हुने गरेका छलफलमा एमालेले मिलेर अघि बढ्न प्रतास्व गरेकाे छ । भने माओवादी पर्ख र हेरकाे अवस्थामा छ । वाम गठबन्धनको चर्चा भइरहेका बेला एमाले र माओवादीबीच निरन्तरको छलफलले विशेष अर्थ राख्ने विश्लेषकहरु बताउँछन् ।
यता सत्तारुढ गठबन्धनमा पनि माओवादीलाई प्रधानमन्त्री दिनेमा कांग्रेस सभापति शेरबहादुर देउवा लचक छन् । गठबन्धन निमार्णका बेला नै आलोपालो सरकारको नेतृत्वको सहमति भएको थियो । उक्त सहमति अनुसार देउवा नेतृत्वको सरकारले तीनै तहको निर्वाचन सम्पन्न गराएपछि अब पालो प्रचण्डको हो । यता देउवा लचक भइरहेका बेला प्रचण्डलाई एमालेले पनि ग्रीन सिंगल दिएको हो ।
दलहरु सरकार निमार्णको कसरतमा लागि रहेका बेला भावी प्रधानमन्त्रीको रुपमा प्रचण्डको सम्भावना बढेको हो । तर अबको राजनीतिक परिस्थीतिले अबको प्रधानमन्त्री को हुने भन्ने विषयको टुङ्गो लगाउने छ । दलहरुकाले आइतबारसम्ममा प्रधानमन्त्री बारेमा टुंगो लगाउनुपर्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आउँदो आइतवार १० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरिसकेकी छन् ।