काठमाडौं । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक पछिल्लो समय विश्वभरी लोकप्रिया बन्दै गएको छ । विश्वभरीका लोकप्रिय एममध्ये यो पहिलो नम्बरमा छ ।यो एप छोटो समयमै विश्वभर निकै लोकप्रिय एप हो । कमाइको हिसाबले पनि टिकटक निकै अगाडि छ । फेब्रवरी महिनामा मात्रै बाइट डान्सले टिकटक र डुयनमार्फत २ सय ५८ मिलियन डलर ९ अर्थात झन्डै ३० अर्ब माथि कमाइ गरेको एक रिपोर्ट सार्वजनिक भएको छ ।
हाल अन्य सोसल मिडियाहरू फेसबुक, ट्वीटर लगायतले टिकटकसँग प्रतिस्पर्धा गर्न यस्तै प्रकारका विशेषता दिन थालेका छन् ।धेरै हेरिने एपमध्ये एक नम्बरमा रहेको छ । टिकटक चलाउन थालेपछि यसमा प्रयोगकर्ताहरूले समय गएको पत्तो नै नपाउने गरी प्रयोगकर्तामैत्री रहेकाले पनि यो एप दिन प्रतिदिन सफलतातर्फ लम्किरहेको छ ।
चिनमा नै प्रतिबन्धी छ, टिकटक
चीनमा समेत टिकटक चल्दैन । बाइट डान्सले चिनियाँ भूभागमा अन्य देशको कन्टेन्ट हेर्न मिल्ने भएपछि यसको विकल्पमा डुयन नामक चिनियाँ संस्करण एप सञ्चालन गरेको छ । डुयन टिकटक जस्तै एप हो जसमा टिकटकका जस्तै विशेषताहरू रहेका छन् । यो एप चिनियाँ कन्टेन्टमा मात्र हेर्न मिल्ने गरेको छ ।
यस बाहेक भारत, पाकिस्तान, बङलादेश, इरान, इन्डोनेसिया लगायत देशमा टिकटकमा प्रतिबन्ध लगाइएको छ । टिकटक समाजलाई अपाच्य सामाग्री देखाएको भन्दै प्रतिबन्ध गरेका हुन् ।